Rumpum Advertisement

मुलुकका चार प्रदेशमा वर्षाको सम्भावना

मुलुकका चार प्रदेशमा वर्षाको सम्भावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) मुलुकका चार प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले मौसममा आंशिकदेखि सामान्य बद्ली भएर वर्षा हुनसक्ने जनाएको हो ।

अहिले नेपालको पहाडी भूभागमा आंशिक बद्ली रहेको छ। बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको छ भने देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: