Rumpum Advertisement

एफए कपको चाैथाे चरणमा लिभरपुल र युनाइटेड भिड्ने

एफए कपको चाैथाे चरणमा लिभरपुल र युनाइटेड भिड्ने

विराटनगर । गए राति दुई खेल भएसँगै एफए कपको चौथो चरणको समीकरण पूरा भएको छ । वेस्ट ह्याम र स्टकपोर्ट तथा ब्राइटन र न्यूपोर्ट कन्ट्रीबीचको खेलपछि चौथो चरणमा जाने सम्पूर्ण टोलीको टुङ्गो लागेको हो ।

चौथो चरणमा दुई ठूला क्लबहरू आमने–सामने हुने पक्का भएको छ । पाँचौं चरणका लागि प्रिमियर लिगको साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले खेल्नेछन् ।

सर्वाधिक धेरै १३ पटक प्रिमियर लिग जितेको युनाइटेड र लिभरपुलबीचको खेल २३ जनवरीमा हुनेछ ।

युनाइटेडले वाटफोर्ड तथा लिभरपुलले एस्टोन भिल्लामाथि जित निकाल्दै चौथो चरणमा स्थान पक्का गरेको हो ।

यसैगरी चौथो चरणमा म्यानचेस्टर सिटीले सेल्टेनहमसँग खेल्नेछ भने टोटनह्यामले वाइकम्बेसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै चेल्सीले लटन टाउनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्: