Rumpum Advertisement

विश्वमा एक लाख आठ हजार सङ्क्रमितको अवस्था गम्भीर

विश्वमा एक लाख आठ हजार सङ्क्रमितको अवस्था गम्भीर

विराटनगर । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये एक लाख आठ हजार आठ सय ३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सक्रिय सङ्क्रमित दुई करोड ४१ लाख आठ हजार सात सय ४१ जनाको उपचार भइरहेकोमा एक लाख आठ हजार बढीको अवस्था चिन्ताजनक रहेको हो । विश्वमा हालसम्म नौ करोड १२ लाख ६७ हजार नौ सय नौ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ४२ हजार नौ सय ४३ जना नयाँ बिरामी थपिए ।

हालसम्म कोरोनाका कारण १९ लाख ५१ हजार सात सय ७५ जनाको मृत्यु भइसकेको छ । आठ हजार आठ सय २४ जनाको मृत्यु एकै दिन भयो । कोरोनाबाट सङ्क्रमित बनेकामध्ये छ करोड ५२ लाख सात हजार तीन सय ९३ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा ९१ लाख आठ हजार ११ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २८ हजार नौ सय पाँच जनाको अवस्था गम्भीर छ । हालसम्म अमेरिकामा दुई करोड ३१ लाख १२ हजार सात सय ९५ जनामा कोरोना देखिएको छ । एकै दिन एक लाख ८५ हजार छ सय ६७ जना नयाँ बिरामी थपिए ।

पछिल्लो २४ घण्टामा एक हजार छ सय ९६ जनाको मृत्यु भयो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या तीन लाख ८४ हजार नौ सय ९६ पुगेको छ । एक करोड ३६ लाख १९ हजार सात सय ८८ सङ्क्रमित उपचारपछि निको भएका छन् ।

छिमेकी मुलुक भारतमा दुई लाख १७ हजार आठ सय ८१ सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । हालसम्म भारतमा एक करोड चार लाख ७९ हजार आठ सय ७९ जनामा कोरोना पुष्टि भइसकेको छ । एकै दिन १२ हजार चार सय ४८ नयाँ बिरामी थपिए ।

सङ्क्रमण देखिएकामध्ये एक करोड एक लाख १० हजार छ सय ३४ जनाको उपचार सम्भव भएको छ । एकै दिन एक सय ६६ जनाको ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भारतमा एक लाख ५१ हजार तीन सय ६४ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमा दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सात लाख २२ हजार सात सय ३३ सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ । एकै दिन २८ हजार ४३ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ८१ लाख ३३ हजार आठ सय ३३ पुगेको छ । ७२ लाख सात हजार चार सय ८३ जना उपचारपछि निको भएका छन् ।

एकै दिन चार सय ७७ जनाको मृत्यु भयो । हालसम्म ब्राजिलमा मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख तीन हजार छ सय १७ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्मै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्: