Rumpum Advertisement

कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे : जसपा नेता महतो

कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले भूल गरे : जसपा नेता महतो

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाइ मत दिएर जनताले ठूलो भूल गरेको बताएका छन् । जसपाले आज जनकपुरधाममा आयोजना गरेको विरोधसभामा नेता महतोले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख गरेका छन् ।

वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिएकामा किन समस्या आयो भन्दै नेता महतोले प्रश्न गरेका छन् । ‘अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको हो,’ नेता महतोले भने, ‘अमेरिकामा दु्ई सय वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान रहेको तर हाम्रो देशमा सात–सातवटा संविधान बनिसके पनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट अझै वञ्चित भइरहेका छन् ।’ रासस

प्रतिक्रिया दिनुहोस्: