Rumpum Advertisement

कांग्रेस चुनावमा जान तयार रहनुपर्छः उपसभापति निधि

गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुनेछन्

Neuro
कांग्रेस चुनावमा जान तयार रहनुपर्छः उपसभापति निधिगणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुनेछन्

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनस्र्थापना हुने वा नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने तर्क गरेका छन् ।

जनकपुरधाम–४ स्थित पार्टी कार्यालयमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले भने, ‘सर्वोच्च अदालतले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।’ पूर्वउपप्रधामन्त्रीसमेत भई सकेका निधिले सर्वोच्चले संसद् विघटनलाई सदर गर्दै मध्यावधि चुनाव गर्ने निर्णय गरे कांगे्रस चुनावमा जान तयार रहनु पर्ने समेत बताएका छन् ।

निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षा गर्न पनि निर्वाचनमा भाग लिनुपर्ने स्पष्ट पारेका छन् । ‘निर्वाचनको विरोध गर्नु भनेको अज्ञानता र अपरिपक्वता हुन्छ ।’ नेता निधिले भने, ‘जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जान आफूहरू तयार रहनुपर्छ ।’ उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताएका छन् ।
उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताएका छन् । रासस