birat ribon

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

Neuro
विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

विराटनगर । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोना भाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

cura insider

इन्डोनेसियाका आर्थिक मामिलामन्त्री एयरलाङ्गा हार्तार्तोले यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिबन्धलाई थप दुई साता निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् । इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो ।

jackson ribon