विराटनगर । जापानिज क्लब योकोहामाले सबैभन्दा पाको उमेरको खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । जेवान लिग क्लब योकोहोमाले सोमबार ५३ वर्षीय काजुयोसी मिउरा (काजु) सँग सम्झौता लम्ब्याएको हो ।
काजु यसै फेब्रुअरीबाट ५४ वर्ष टेक्दैछन् । उनले क्लबसँग ३१ जनवरी २०२२ सम्मको सम्झौता थपेका हुन् । यो उनको ३६औं सिजन हुनेछ ।