Rumpum Advertisement

निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले निर्वाचनमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले सोमबार गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा बोल्दै संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताएका हुन् ।

संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताउँदै उनले भने, ‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ । राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।’

अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको भइसकेपछि अहिले देशमा संवैधानिक जटिलता थपिएको बताए ।

अध्यक्ष थापाले संविधानमा देखिएको अस्पष्टताको व्याख्या गर्ने अधिकार अब सर्वोच्च अदालतलाई भएको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्: