Rumpum Advertisement

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड मङ्गलबार आयोजना हुँदैछ । विभिन्न खेलकुद विधामा आफ्नो कौसलता प्रदर्शन गर्दै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गर्दै आएको अवार्ड विभिन्न १० विधामा प्रदान गरिँदै छ ।

मनोनयमा परेका खेलाडीले यो अवार्डलाई देशको प्रतिष्ठित अवार्डको रूपमा लिँदै आएका छन् । कोरोना महामारीपूर्व नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सफल भयो ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले अहिलेसम्म सबैभन्दा धेरै स्वर्ण पदक जित्दै नयाँ इतिहास पनि रच्न सफल भयो । तेस्रो पटक आयोजना गर्दा नेपालले विगतका तुलनामा राम्रो नतिजा निकाल्दा नेपाली खेलकुद निकै प्रशंसित हुन पुग्यो ।

ती नै प्रतियोगितासँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मूल्याङ्कन गरेर अवार्ड गरेको हो ।
मङ्गलबार तय भएको अवार्ड कार्यक्रमको तयारी पूरा भएको मञ्चले जनाएको छ । विगतमा जस्तै यस वर्ष पनि मञ्चले विभिन्न १० विधाका खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेरर अवार्ड कार्यक्रम गर्दैछ ।

जसमा राष्ट्रका लागि पदक दिलाउने खेलाडी समवेश भएका छन् भने पद दिलाउन प्रशिक्षकको भूमिका खेलेका प्रशिक्षक समावेश भएको मञ्चले जनाएको छ । मनोनयनमा परेको खेलाडीले एनएसजेएफले प्रदान गर्ने अवार्डले खेलाडीलाई खेलमा लगनशील भए खेलकुदमा लाग्न प्रेरणा मिल्ने गरेको प्रतिक्रिया जनाएका छन् ।

यता राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाहीले पनि अवार्डले खेलाडीको मनोबल उच्च पार्ने बताइरहँदा भोटिङ प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिइन् । अवार्डलाई सरकारले पनि महत्वपूर्ण अवार्डको रूपमा ब्याख्या गर्दै आएको छ र आयोजना हुँदा सहयोग पनि गर्दै आएको छ ।

देशका लागि पदक दिलाउने खेलाडीलाई प्रदान गरिने यस्ता अवार्डले खेलाडीको मनोबल अवश्य बढाउने गरेको छ । खेलाडीको मनोबल उच्च बनाउनका लागि सरकारले पनि यस्ता किसिमका कार्यक्रम गरे हौसला बढ्ने थियो ।

प्रतिक्रिया दिनुहोस्: