Rumpum Advertisement

विराटनगरमा भारतबाट घुँगी पनि तस्करी

Neuro
विराटनगरमा भारतबाट घुँगी पनि तस्करी

विराटनगर / भारतबाट तस्करी गरी ल्याउँदै गरेको अस्थामा प्रहरीले घुँगी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगले तीन सय केजी भन्दा बढी तस्करीको घुँगी सोमबार बरामद गरेको हाे ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट ५० केजी दरका ६ बोरा घुँगी बरामद भएको थियाे ।

बरामद खाल्डो खनेर नष्ट समेत गरिएको छ । घुँगी ल्याउने भने प्रहरीलाई देखेपछि भारत तर्फ नै भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्: