Rumpum Advertisement

छालाको सतहमा नभएर छालाभित्र आउने ब्लाइन्ड पिम्पल

छालाको सतहमा नभएर छालाभित्र आउने ब्लाइन्ड पिम्पल

विराटनगर । कहिलेकाँही छालाको सतहमा नभएर छालाभित्र पिम्पल गठन हुन्छ । यस्तो प्रकारको पिम्पललाई ब्लाइन्ड पिम्पल भनिन्छ, जुन छुदा मात्र थाहा हुन्छ तर एकदम पीडादायी हुन्छ ।

पीडा छालाको मुन्तिर सुन्निएको दाना (बम्प) ले दिएको दबाबको कारणले हुन्छ । बम्पमाथिको सतह संवेदनशील हुने हुँदा यसलाई छुने वा कोट्याउने काम गर्नुहुँदैन । यसप्रकारको बम्प सजिलै अनुभव गर्न सकिएपनि देख्न सकिँदैन ।

यस्तो पिम्पल्स ब्याक्टेरिया र सेबमको निर्माणको कारण हुन्छ । ठूलो पोर्स र तैलीय छाला भएकाहरूमा यसप्रकारका पिम्पल्स सजिलैसँग आउन सक्छ । साथै, उचित तरिकाले अनुहारको सफाइ नगरे पनि यसप्रकारको पिम्पल आउने सम्भावना बढ्छ । ब्याक्टेरिया पोर्समा टाँसिने हुन्छ र छालाको गहिरो तहमा बस्दै जान्छ ।

यदि ब्याक्टेरिया छालाभित्रै छन् भने, यस प्रकारको पिम्पल्स निको हुन महिनौं लाग्न सक्छ । यदि यस प्रकारको पिम्पल्स फुल्न सुरू भएमा, त्यसपछि यो छालाको सतहमा देखा पर्न सक्छ र सजिलैसँग हराउनसक्छ । अनुहारमा आएका कुनै पनि पिम्पल्सलाई कोट्याउने वा निचोर्ने गर्नु हुँदैन । यसले समस्यालाई थप खराब बनाउन सक्छ ।

छुँदा मात्र थाहा हुने पिम्पल्सलाई वास्तवमा निचोर्न पनि सम्भव हुँदैन । निचार्न कोसिस गर्दा दुखाइ बढ्ने, सुन्निने, घाउ हुने तथा दाग पनि बस्न सक्छ । यस्ता पिम्पल्सको उपचार गर्न एक छाला विशेषज्ञकोमा जानु नै उत्तम तरिका हो । यदि पिम्पलले धेरै दुःख दिन्छ भने आइस थेरापी गर्न सकिन्छ । अनुहारलाई सफा गरिसकेपछि, दिनमा दुईदेखि तीन पटक आइस प्याक प्रयोग गर्न सकिन्छ ।

यसले पीडा भएको ठाउँमा चिसो पार्न, पीडा कम गर्न र सुन्निने समस्यालाई पनि कम गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्: