काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा ¥याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर आक्रोश व्यक्त गरेकी छन् ।
सोमबार सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी हुन् ।
उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिकअगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’