Rumpum Advertisement

स्क्रिनमा अत्यधिक समय बिताउनाले छालामा असर, यसरी जोगिन सकिने

Neuro
स्क्रिनमा अत्यधिक समय बिताउनाले छालामा असर, यसरी जोगिन सकिने

विराटनगर/महामारीको समयमा उपकरणहरूको अत्यधिक प्रयोगले छालामा थाहा नपाउने तरिकामा असर गरिरहेको छ ।

मोबाइल, ल्यापटपलगायतका स्क्रिनबाट आउने निलो प्रकाशको कारण छालामा नाकारात्मक असर पर्ने चिकित्सक बताउँछन् । नीलो प्रकाश छालाको गहिराइसम्म जान्छ । जसकारण लामो समयसम्म उपकरणको अगाडि बस्नाले छालामा समस्या हुने जोखिमलाई बढाउँछ ।

लामो समयसम्म उपकरणको अगाडि बस्नाले छालामा दाग (पिग्मेन्टेसन) तथा छाला समयपूर्व बुढो हुनसक्छ । स्क्रिन उपकरणको अत्यधिक प्रयोग र डिजिटल उपकरणसँगको निकटताले फोटो एजिङ (प्रकाशको विभिन्न स्रोतबाट छाला छिट्टै बुढो हुने समस्या) निम्त्याउन सक्छ । यसका साथसाथै, अत्यधिक स्क्रिन टाइमका कारण छालामा दाग, पिमपल्स, लाइन तथा रिङ्कल्ससमेत निम्त्याउन सक्छ ।

निलो प्रकाशको क्षतिलाई कम गर्नका लागि स्क्रिन फिल्टर्सको प्रयोग गर्न सकिन्छ । रातको समयमा अत्यधिक स्क्रिन चलाइन्छ भने फोनलाई डार्क मोडमा राख्नु उचित हुन्छ । घामबाट छाला जोगाउनका लागि मात्र नभएर मोबाइल, ल्यापटपलगायतका सामग्री चलाउनुअघि नियमितरूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

जिङ्क अक्साइड वा टायटानियम डाइअक्साइड भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिनको प्रयोग गर्दा यसमा भएका एजेन्टहरूले निलो प्रकाशलाई छालामा छिर्न दिँदैन । सही स्किन केयर उत्पादन छनौट गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । एन्टिअक्सिडेन्ट भएको क्रिम र सनस्क्रिन एकसाथ प्रयोग गर्नुपर्छ ।

नियासिनमाइड, जिङ्क अक्साइड र आइरन अक्साइड जस्ता सक्रिय सामग्री समावेश स्किन केयर उत्पादनले स्क्रिनबाट निस्कने निलो प्रकाशबाट छालाको रक्षा गर्न सक्छ ।