birat ribon

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार नाघ्यो

Neuro
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार नाघ्यो

विराटनगर । देशभर थप चार सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा देशभर थप चार सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

cura insider

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । हाल चार हजार तीन सय ७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच सय २७ जना सङ्क्रमित निको भएर घर फर्किएको जनाएको छ । हालसम्म दुई लाख ५८ हजार नौ सय ६८ जना निको भइसकेका छन् ।

यस्तै आज थप दस जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय २७ पुगेको छ ।

jackson ribon