Rumpum Advertisement

मधुमेह भएका व्यक्तिले दिनमा कति पटक खानु उचित

मधुमेह भएका व्यक्तिले दिनमा कति पटक खानु उचित

विराटनगर/टाइप २ मधुमेह भएका व्यक्तिले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न दिनभर केही समयको अन्तरालमा थौरै–थोरै खानुपर्ने हुन्छ ।

मधुमेहको औषधि सेवन गरिरहेकामा समेत एकै पटकमा धेरै खाना खाँदा रगतमा चिनीको मात्रामा वृद्धि हुन्छ । मधुमेहबाट पीडित व्यक्तिहरूले आफ्नो कार्बोहाइड्रेट र ग्लुकोजको मात्रा एकै पटकमा ठूलो मात्रामा नभई दिनभर समान रूपमा मिलाएर सेवन गर्नु पर्छ । सन् २०१८मा मधुमेह र मेटाबोलिज्ममा प्रकाशित एक अध्ययनअनुसार थोरै मात्रामा पटक–पटक खाना खानु मधुमेहपीडित व्यक्तिहरूका लागि उत्तम विकल्प हो ।

यो निष्कर्ष मधुमेह भएका वा मधुमेह हुन सक्ने पूर्वानुभव भएका ४७ वयस्कमा गरेको अध्ययनमा आधारित थियो । उनीहरूलाई दिनभरिमा तीनदेखि छ पटक खान सल्लाह दिइएको थियो । तर, अन्यको तुलनामा दिनभरिमा थोरै मात्रामा पटक–पटक खाने सहभागीहरूले रगतमा चिनीको मात्रा अधिक सजिलो प्रबन्ध गर्न सक्षम भएको पाइएको थियो ।

थोरै खानाले रगत चिनीको स्तरलाई स्थीर राख्छ । यसले रगतमा ग्लुकोजको मात्रा एकैपटक बढ्नबाट रोक्छ । एक मधुमेहपीडितबाहेक स्वस्थ खाना सबैका लागि राम्रो हुन्छ । दिनभरिको समयमा खानुपर्ने पटक–पटकको कुनै पनि खानालाई छोड्नु हुँदैन । दिनको पहिलो खानाले मेटाबोलिजमलाफ सुरु गर्न मद्दत गर्ने हुँदा विशेषगरी ब्रेकफास्टको सेवन गर्न बिर्सनु हुँदैन ।

अधिक स्वास्थ्यबद्र्धक र पौष्टिक खाना जस्तै सम्पूर्ण अन्न, फलफूल, तरकारी, कम फ्याट भएको डेरी उत्पादन, गेडागुडी र सेतो मासु खान सकिन्छ । साथै, रगतमा चिनीको स्तरलाई समय समयमा जाँच गरी त्यसअनुसार औषधि र आहार समायोजित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: