birat ribon

पिएसजीले मेस्सी अनुबन्ध गर्न नसक्ने

Neuro
पिएसजीले मेस्सी अनुबन्ध गर्न नसक्ने

विराटनगर । फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई लियोनल मेस्सी अनुबन्ध गर्न कठिनाइ परेको बताइएको छ । फ्रेन्च मिडियाहरूका अनुसार बजेट अभावका कारण पिएसजीलाई बार्सिलोनाका कप्तान मेस्सी अनुबन्ध गर्न कठिनाइ भएको हो ।

अर्जेन्टिनी स्टार मेस्सीले पुनः एकपटक बार्सिलोनामा खुसी देखिएका छन् । राम्रो लयमा फर्किएको अनुभव गरेका उनलाई हाल क्याप नोउमा खुसी मुद्रामा देख्न सकिन्छ । तर, अघिल्लो समरमा बार्सिलोना छोड्न जोड गरेका उनको सम्झौता सकिन मात्र पाँच महिना बाँकी छ ।

cura insider

यो वर्षदेखि क्लब छोड्न स्वतन्त्र रहेका मेस्सी अनुबन्ध गर्न युरोपका शीर्ष क्लबहरू लागिपरेका छन् । जसमध्येका हुन्, इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र पिएसजी । बार्सिलोना र मेस्सीबीच सम्झौता नवीकरणको तालमेल नमिलेका बेला यी दुई क्लबले इच्छा देखाइरहेको बताइन्छ ।

अनुबन्ध गर्न कुनै ट्रान्सफर फी नलागे पनि मेस्सीको तलबका कारण उनलाई भित्र्याउने क्लबले ठूलो राशी खर्चिनुपर्छ । पिएसजी हाल मेस्सी अनुबन्ध गर्दै नेयमारसँग उनको पुनर्मिलन गराउने सोचमा छ । त्यसबाहेक मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ मैदान उतारेर च्याम्पियन्स लिग जित्ने दाउमा छ ।

तर, पिएसजीलाई मेस्सी अनुबन्धका लागि बजेटको अभाव देखिएको जनाइएको छ । फ्रान्सेली पत्रकार जुलियन लाउरेन्सका अनुसार पिएसजीसँग मेस्सी अनुबन्ध गर्ने बजेटको अभाव छ ।

कोरोना महामारीले अन्य क्लबलाई पारेको प्रभाव पिएसजीमा पनि उत्तिकै छ । उनका अनुसार यदि, पिएसजीले नेयमार अनुबन्ध गरेको खण्डमा तीन स्टार (नेयमार, एम्बाप्पे र मेस्सी)लाई ठूलो राशी पारिश्रमिकमा खर्च गर्नुपर्ने हुन्छ ।

jackson ribon