Rumpum Advertisement

धेरै मःमः खानु स्वास्थ्यका लागि हानिकारक

धेरै मःमः खानु स्वास्थ्यका लागि हानिकारक

विराटनगर/अधिकांश मानिसको सबैभन्दा मनपर्ने खाजा मःमः हो ।

मिठो भएकाले बच्चा, युवा तथा वृद्ध उमेरका सबले मःमः खान रुचाउने गरेको पाइन्छ । व्यस्त जीवनमा धेरैले दिउँसो खाइने खाजाको रुपमा मःमः नै खाने गर्छन् । साथै, बनाउन पनि सजिलो हुने हुँदा घरमा पनि मानिसहरूले मःमः बनाएर खान थालेका छन् । झन् जाडोको समसयमा मःमःको सेवन अत्यधिक मात्रामा गरिन्छ ।

दैनिक रुपमा वा निरन्तर मःमः धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः बनाउनका लागि मैदाको प्रयोग गरिन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदामा एजÞोडी–कार्बोना माइड, बेन्जोइल परअक्साइड हुन्छ । मैदाको पिठोलाई नरम बनाउनका लागि एलोक्सान राखिएको हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मःमःको अत्यधिक सेवनले पाचन प्रक्रियामा गडबड गराएर अपच र कब्जियतको समस्या उत्पन्न गराउनुका साथै अन्य पेटसम्बन्धी रोगहरू पनि निम्त्याउन सक्छ । धेरै मःमः खाँदा पनि मधुमेहको खतरा धेरै गुणा बढ्छ । मैदाको अत्यधिक सेवनले शरीरमा सुगरको मात्रा बढ्छ र सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ ।

यसले गर्दा शरीरमा केमिकल रियाक्सन हुने गर्छ र मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढ्ने गर्छ । होटलमा बनाइने प्रायजसो मःमःभित्र प्रयोग गरिने तरकारी, मासु, बोसो तथा मसलाको गुणस्तर कम हुने हुँदा यसले पनि विभिन्न रोग निम्त्याउने गर्छ ।

मःमःको साथ दिइने अचार पनि हानिकारक हुन्छ । अत्यधिक मसलादार तथा पिरो अचारका कारण पाइल्स हुनसक्छ । मःमः मात्र नभएर मैदाबाट बनेका हरेक खानालाई नियमित सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: