Rumpum Advertisement

काँचो गाँजरभन्दा पकाएको गाँजर खानु फाइदाजनक

Neuro
काँचो गाँजरभन्दा पकाएको गाँजर खानु फाइदाजनक

विराटनगर/काँचो गाँजरले भन्दा पनि पकाएको गाजर खानेले बढी पोषण तत्व दिन्छ ।

तरकारी पकाउने बारेमा कुरा आउँदा धेरै व्यक्ति उच्च तापक्रमले तरकारीको पौष्टिक सामग्री कम गर्न सक्ने बताउने गर्छन् । यो तथ्य धेरै तरकारी पकाउनका लागि केही हदसम्म सत्य हो तर, गाँजरमा हुने बिटा क्यारोटिनका लागि होइन । क्यारोटिनोइड वा बिटा क्यारोटिन, गाँजरमा प्रचुर मात्रामा उपलब्ध हुन्छ, जुन गाँजरलाई पकाएपछि समेत हराउँदैन ।

र, पकाएको बेलामा शरीरले राम्रोसँग समाहित गर्छ । कृषि र खाद्य रसायन जर्नलमा प्रकाशित एक अध्ययनअनुसार उमाल्ने वा स्टिमिङ गर्दा गाँजरमा हुने क्यारोटिनोइडलाई बचाउँछ । बिटा क्यारोटिन प्रोभिटामिन हो जसलाई शरीरले सजिलै भिटामिन एमा रूपान्तरण गर्छ । उक्त पोषक तत्वले कपालको वृद्धि गर्ने, आँखाको स्वास्थ्यलाई सुधार गर्न, मुटुलाई स्वस्थ राख्न र क्यान्सर विरोधी गुण प्रदान गर्न मद्दत गर्छ ।

गाँजर मध्यम तापमा पनि नरम हुन सक्छ । बिटा क्यारोटिन एक फ्याट–घुलनशील भिटामिन हो जुन उच्च तापक्रममा पनि हराउँदैन । जब गाँजरलाई पकाइन्छ, यसमा भएको कोष नरम हुन्छ, जसले हाम्रो पाचन प्रणालीलाई बिटा क्यारोटिन समाहित गर्न सजिलो बनाउँछ । गाँजरलाई तरकारीमा राखेर, हलुवा बनाएर वा जसरी मन लाग्छ पकाएर खान सकिन्छ । यसको मतलब यो होइन कि गाँजरलाई काँचो खानु गलत हो ।

गाँजरको सेवन गर्दा हुने फाइदाहरू यसलाई विभिन्न तरिकामा सेवन गरेर पनि प्राप्त गर्न सकिन्छ । सलाद वा जुस बनाएर खान सकिने गाँजर फाइबर, भिटामिन के र पोटेसियमले भरिएको छ । फाइबरले आन्द्रा चाललाई सहज बनाई खाना पचाउन मद्दत गर्छ, पोटासियमले उच्च रक्तचाप कम गर्छ र मृगौलामा हुने पत्थरीको विरूद्ध पनि सुरक्षा प्रदान गर्छ । गाँजरमा ल्युटिन नामक तत्व पनि हुन्छ जसले मोतियाबिन्दु हुने जोखिमलाई पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्: