Rumpum Advertisement

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Neuro
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । मोटरसाइकलको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ । कन्काई नगरपालिका– ७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ८० वर्षीय वृद्धा खेन्द्रा शिवाकोटीको मृत्यु भएको हो ।

आइतबार बेलुका बेलुका साँढे ६ वजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा८०प ७६५ नम्बरको मोटरसाइकलले पैदलयात्री दोलखाको कालिङचोक–८ घर भएकी ८० वर्षीय वृद्धा शिवाकोटीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते शिवाकोटीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।