birat ribon

विराटनगरमा १४ औं आँखा सम्मेलन

Neuro
विराटनगरमा १४ औं आँखा सम्मेलन

विराटनगर । नेपाल अपथ्याल्मिक सोसाइटीको पूर्वी च्याप्टरको चौधौ वार्षिक सम्मेलन समापन भएको छ ।

cura insider

नेपाल अपथ्याल्मिक सोसाइटी पूर्वी च्याप्टर र बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आयोजना गरेको १४ औ अपथ्याल्मिक सम्मेलन शनिबार समापन भएको हो ।

बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजना भएको सम्मेलनमा प्रदेश १ का नेत्र विशेषज्ञ, चिकित्सक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

केहि नेत्र विशेषज्ञले अनलाइन माध्यमबाट सम्मेलनमा सहभागि जनाएका थिए । सम्मेलनमा अनलाइन माध्यमबाट वरिष्ठ आँखा नेत्र विशेषज्ञहरूद्वारा प्रशिक्षण गराइएको थियो ।

आयोजक समितिका अध्यक्ष प्राध्यापक डाक्टर बद्रीप्रसाद बधुका अनुसार सम्मेलनको मुख्य उद्धेश्य नेपालको आँखा स्वास्थ्यको गुणास्तरलाई थप उचाइमा पुर्याउने हो ।

आँखा उपचारमा नेपाल एसियामै राम्रो मानिएको अवस्थामा अझ प्रभावकारी बानाउन र आँखा चिकित्सक उत्पादनमा सम्मेलनले सघाउ पुर्याउने आयोजक समितिका उपाध्यक्ष डाक्टर पुरुषोत्तम जोशीले बताए ।

jackson ribon