Rumpum Advertisement

‘खोप लगाउँदा पनि कोरोना सङ्क्रमणको जोखिम’

‘खोप लगाउँदा पनि कोरोना सङ्क्रमणको जोखिम’

विराटनगर । कोरोना विरुद्धको खोप तयार भएपछि संसारका विभिन्न देशमा खोप लगाउने क्रम जारी छ । खोप तयार भएका कारण विश्वबजार विस्तारै माथि उठ्दै गएको छ । तर, खोप लगाएका मानिसमा पनि कोरोना सङ्क्रमण हुने सम्भावना रहन्छ ।

कुनै खोप सतप्रतिशत प्रभावकारी हुँदैन् । परीक्षणको क्रममा, खोप करिब ९५ प्रतीशत प्रभावकारी देखाइएको थियो । जसको मतलब केही खोपको दुबै डोज दिएका व्यक्तिहरू अझै पनि भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार खोपले शरीरमा प्रतिरोधात्मक क्षमता निर्माण गर्न केहि हप्ता लाग्न सक्छ । हाल वितरण गरिएका कोरोना भाइरसका खोप केही हप्ताको अन्तरालमा दुई डोज दिनुपर्ने हुन्छ ।

कुनै व्यक्तिले खोप लिनु अघि, वा लिएपछि कोरोना भाइरसको सम्पर्कमा आउन सक्छ । जसकारण शरीरलाई यसको प्रतिरक्षा विकास गर्न समय हुँदैन र सङ्क्रमित हुन सक्ने सम्भावना पनि रहन्छ ।

खोपले कति लामो समयसम्म सङ्क्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ भन्ने अनुसन्धानबाट पुष्टि भएको छैन ।

मानिसमा खोप लिएको कारण भाइरसबाट सङ्क्रमित नहुने हुने भ्रम हुनसक्छ । कोरोना भाइरसको खोपले मानिसलाई सङ्क्रमित गर्न सक्दैन । खोपमा भाइरस नभएर एमआरएनए भनेर चिनिने आनुवंशिक सामग्रीको एक सानो विस्तार समावेश गरिएको हुन्छ । यसले शरीरका कोशिकालाई सामग्रीको सानो टुक्रा बनाउनको लागि निर्देशन दिन्छ जुन भाइरसको एक भाग जस्तो देखिन्छ ।

उक्त टुक्रालाई प्रतिरक्षा प्रणालीले एक विदेशी आक्रमणकारीको रूपमा हेर्छ र एन्टिबडी र प्रतिरक्षा कोषहरू बनाउन सुरु गर्छ । जसले भाइरसलाई पहिचान गरेर भाइरसको असरलाई कम गर्न सक्छ । त्यसैले, खोप लगाइसके पनि मास्क र सामाजिक दूरीलगायतका अभ्यासलाई वेवास्ता नगर्न चेतावनी समेत दिइएको छ ।

भाइरससँग आफै प्रतिरक्षा भएका मानिसबाट अरूमा भाइरस सार्न सक्छ । खोप लगाएका मानिस पनि भाइरसको एसिम्प्टोमेटिक क्यारियर हुन सक्छ । लक्षण नदेखिएपनि मानिसको नाकमा भाइरस हुन्छ र यदि तिनीहरूले बोल्दा, सास फेर्दा, हाच्छिउ गर्दा वा खोक्दा अझै भाइरस अरूलाई सार्न सक्छन् ।

सीडीसीका अनुसार खोप लगाएपछि सङ्क्रमणको लागि पूर्णतया प्रतिरक्षित छु भनेर ठान्नु भन्दा पनि पहिला जस्तै मास्क, समाजिक दुरी, सरसफाई लगायतका अभ्यासमा ध्यान दिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: