Rumpum Advertisement

अज्ञात समूहद्वारा पिकअप भ्यानमा आगजनी

अज्ञात समूहद्वारा पिकअप भ्यानमा आगजनी

राजविराज । अज्ञात समूहले सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको समूहले आगजनी गरेको हो ।

मुखियाले घर अगाडि राखेको स १ च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

सोमबार बिहानको राति करिब १ बजे घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्: