Rumpum Advertisement

घर-घर पुगेर ज्येष्ठ नागरिकको सम्मान

घर-घर पुगेर ज्येष्ठ नागरिकको सम्मान

झापा । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधिले घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरिरहेका छन् । अध्यक्ष मेनुका काफ्लेले ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आएकी हुन् ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर सम्मानका लागि जाने गरेको उनले बताइन् । पालिकाले चालु आर्थिक वर्षको बजेटमा दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको छ ।

‘कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ’, अध्यक्ष काफ्लेले भने ‘आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्: