Rumpum Advertisement

राष्ट्रिय टिमका उत्कृष्ट गोलरक्षक शाहीको निधन

राष्ट्रिय टिमका उत्कृष्ट गोलरक्षक शाहीको निधन

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टिममा उत्कृष्ट दरिएका पूर्वगोलरक्षक लोकबहादुर शाहीको दैलेखमा निधन भएको छ ।

नेपाली फुटबल टिमले पाएकामध्ये उत्कृष्ट गोरक्षकमामा पर्ने उनको निधन आइतबारराति भएको हो । ‘मल्टिपल अर्गन फेलर’ का कारण उनको निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उनको अन्त्येष्टिको तयारी भइरहेको जनाए ।

शेर्पाकाअनुसार सन् ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेर खेले खेलेका शाहीले लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहे । उनी एन्फाका पूर्वमहासचिवसमेत हुन् । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य थिए । उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । त्यस्तै सन् १९९५ देखि २००२ सम्म एन्फा महासचिवको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: