Rumpum Advertisement

चिनियाँ कम्युनिष्टमा नेतृत्वको निर्णयविपरीत धारणा राख्न नपाइने

चिनियाँ कम्युनिष्टमा नेतृत्वको निर्णयविपरीत धारणा राख्न नपाइने

विराटनगर । चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय नेतृत्वको गरेको निर्णयसँग बाझिने वा निर्णयको बर्खिलाप हुने गरी सार्वजनिक रुपमा धारणा राख्न नपाइने नियम दोहोर्याएको छ ।

यो नियम पार्टीका सबै सदस्यमा लागू हुने छ । पार्टीको निर्णय र आन्तरिक विवादलाई सार्वजनिक गर्न नपाउने नियम पनि दोहोर्याइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीमा नौ करोड २० लाख सदस्य छन्। यसअघिदेखिनै चीनमा पार्टीको निर्णयलाई सर्वेसर्वा मानिन्थ्यो । र पार्टीको निर्णयको विरोधमा कसैले पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिन पाउँदैन थिए ।

यहि नियमको पेरिफेरिमा रहेर सदस्यहरूले सार्वजनिक रूपमा के भन्न पाउने के भन्न नपाउने बारेका केही भने नियम परिवर्तन गरिएको छ । यही वर्ष स्थापनाको सतवार्षिकी मनाउन लागेको चिनियाँ कम्युनिष्ट पार्टीले गत साता नयाँ नियम सार्वजनिक गरेको हो। पार्टीभित्रका सूचना कसरी थाहा पाउने र आन्तरिक गुनासाहरूलाई कसरी सम्बोधन गर्ने भनेर निकालिएको निर्देशिकालाई चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले ुपार्टीभित्र लोकतन्त्र मजबुद् भएकोु रूपमा अर्थ्याएका छन्।

कार्यकर्ताहरूलाई उत्प्रेरित गर्न नयाँ नियमअनुसार कामसँग सम्बन्धित गल्तीहरूलाई अनुशासन उल्लंघनसँग नजोडिने भएको छ। अर्को बुँदामा पार्टी सदस्यले नेतृत्व असक्षम छ भन्ने प्रमाणित गरे उसलाई हटाउन सक्ने अधिकार दिइएको उल्लेख गरिएको छ। आउँदो जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्दै छ। सय वर्ष पुग्नु ६ महिनाअघि नियम परिमार्जन गरिएको हो। अघिल्लो परिमार्जन १६ वर्षअघि भएको थियो।

नियमअनुसार पार्टीका सदस्यले केन्द्रीय नेतृत्वले गरेको निर्णयसँग बाझिने गरी सार्वजनिक रूपमा धारणा राख्नु हुँदैन,ु परिमार्जित नियमको बुँदा १६ मा भनिएको छ। आफ्नो नेतृत्वको आलोचना गर्दा कुनै पनि सूचना इन्टरनेटमा सार्वजनिक गर्न नपाइने नियम बनाइएको छ। यो कुरा पहिला पनि थियो, यसपालि इन्टरनेट भन्ने शब्द थपिएको हो।

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९९५ मा पहिलो पटक यस्तो नियम लागू गरेको हो । पार्टी सदस्यहरूलाई कसैले गरेको गल्तीलाई पार्टीकै निरीक्षण टिममा रिपोर्ट गर्न उत्प्रेरित गरिएको छ। निरीक्षण टिमले भ्रष्टाचारको अनुसन्धान गर्छ। उसैको अनुसन्धानले धेरै उच्च अधिकारीहरूको पतन भएको छ।

नयाँ नियममा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी चिनफिङको चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारालाई पनि समावेश गरिएको छ। सी विचारधारा चीनको संविधानमा यसअघि नै उल्लेख गरिएको छ। सरकार चलाउनका लागि पार्टी सदस्यहरूलाई विश्वविद्यालय, वैज्ञानिक इन्स्टिच्युट, सेना र निजी कम्पनीका उच्च तहमा भर्ना गरिने नियममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्: