Rumpum Advertisement

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

विराटनगर । संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार रातिबाट अन्त्य भएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । १७ पुसबाट सुरु भएको सो अधिवेशन १० दिन मात्र चलेर अन्त्य गरिएको छ । यस बीचमा सदनको चार वटा मात्र बैठक बसेका थिए भने सो क्रममा ७ घण्टा ५ मिनेट सभामा व्यतित भएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको यो अधिवेशनमा सरकारले सातवटा अध्यादेश पेस गरेको थियो । संसद् सचिवालयका अनुसार सातौं अधिवेशन अवधिमा सभाबाट कुनै पनि विधेयकमा छलफल नभई अधिवेशन अन्त्य भएको हो । विधेयक अधिवेशनका रूपमा रहेको अधिवेशनमा कुनै पनि विधेयकबारे छलफल नहुनुको मुख्य कारण भनेको नै प्रतिनिधिसभा विघटनको विषयमा सत्तारूढ दलका सांसदले नै विरोध गरेपछि आइतबारबाट सरकारले अधिवेशन अन्त्यको बाटो रोजेको हो ।

अधिवेशन अवधिमा सभामा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा आइतबार आफ्ना धारणा राखेका थिए । त्यसैगरी सभा अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिको गठनसम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो ।

सभाले वामदेव गौतमलाई राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन ग¥यो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन दाहाल–नेपाल पक्षका सांसदहरूले बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली संसद् भवन पुगेपछि दाहाल–नेपाल निकटका सांसद बाहिरिएका थिए । प्रधानमन्त्रीको सम्बोधनलाई आफूहरूले बहिष्कार गरेको दाहाल–नेपाल निकटका सांसद बेदुराम भुसालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरिएकोबारे कुनै जवाफ दिएनन् । बैठकपछि बाहिरिँदा प्रधानमन्त्रीसँग पत्रकारले सोधेको प्रश्नको जवाफ नदिईकन उनी हात हल्लाएर हिँडे । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा अधिवेशन लम्ब्याइराख्न जरुरी नभएको बताएका थिए । नेकपामा आएको विभाजनसँगै राष्ट्रिय सभामा ओली सरकारले बहुमत गुमाएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । जसमध्ये २४ जना दाहाल–नेपाल पक्षमा छन् भने सांसद वामदेव गौतम खुलेका छैनन् । राजधानी दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्: