Rumpum Advertisement

भिनिसियसको ह्याट्रिक, फराकिलो जित निकाल्दै टोटनह्याम चौथो चरणमा

Neuro
भिनिसियसको ह्याट्रिक, फराकिलो जित निकाल्दै टोटनह्याम चौथो चरणमा

विराटनगर । टोटनह्याम हटस्पर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा मारिनेमाथि ५–० गोलान्तरको फराकिलो जित निकाल्दै टोटनह्याम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

मारिनेको मैदानमा टोटनह्यामलाई जिताउन कार्लोस भिनिसियसले ह्याट्रिक गरेका थिए । यस्तै लुकास मौका र अल्फी डिभाइनले समान एक–एक गोल गरे ।

Alfie Devine

भिनिसियसले २४औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनले दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेट नबित्दै मौराले गोल गरे र टोटनह्यामलाई ३–० गोलको अग्रता दिलाए । ३७औं मिनेटमा भिनिसियसले गोल गर्दै ह्याट्रिक पूरा गरे । र, टोटनह्यामले पहिलो हाफभरि ४–० गोलको अग्रता बनायो ।

Players celebrate at Marine

मारिनेले दोस्रो हाफमा भने सुधारिएको खेल प्रस्तुत गरेको थियो । दोस्रो हाफमा टोटनह्यामले मात्र एक गोल थप्यो । ६०औं मिनेटमा डिभाइनले गोल गर्दै टोटनह्यामलाई ५–० गोलको जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्: