Rumpum Advertisement

अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० लाखभन्दा बढी

अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० लाखभन्दा बढी

विराटनगर । अमेरिका विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो ।

अन्य देशको तुलनामा विश्वकै शक्तिसाली भनेर चिनिने अमेरिकामा सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । दैनिक भेटिने सङ्क्रमित पनि अरु देशकोभन्दा धेरै छन् । मृत्यु दर पनि उच्च छ । अमेरिकामा दैनिक दुई लाख बढीमा सङ्क्रमण पुष्टि भइरहेको छ । एक हजार पाँच सय बढीको ज्यान गइरहेको छ ।

अमेरिकामा हाल ९० लाखभन्दा बढी सक्रिय सङ्क्रमित छन् । दुई करोड २९ लाख पाँच हजार ७० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन दुई लाख एक हजार दुई सय ९७ जना नयाँ बिरामी थपिए । सङ्क्रमण पुष्टि भएकामध्ये ९० लाख ५२ हजार १२ जना सक्रिय सङ्क्रमित रहेका हुन् ।

उनीहरुको उपचार जारी छ । उपचार जारी रहेका सक्रिय सङ्क्रमितमध्ये २९ हजार ४५ जनाको अवस्था गम्भीर छ । एक करोड ३४ लाख ६९ हजार आठ सय ३२ जना उपचारपछि निको भएका छन् । हालसम्म अमेरिकामा तीन लाख ८३ हजार दुई सय २६ कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । एक हजार सात सय ४३ जनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ ।

कोरोना प्रभावित मुलुकहरुमध्ये दोस्रो नम्बरमा रहेको भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार एक सय तीन रहेको छ । उनीहरुमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ९२ हजार एक सय ३० जना उपचारपछि निको भएका छन् ।

हालसम्म भारतमा एक करोड चार लाख ६७ हजार चार सय ३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन १६ हजार ८५ जना नयाँ बिरामी थपिए । एक लाख ५१ हजार एक सय ९८ जनाको ज्यान गइसकेको छ ।

कोरोना प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा सात लाख ३४ हजार नौ सय ९९ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । सङ्क्रमण पुष्टि भएकामध्ये ७१ लाख ६७ हजार छ सय ५१ जना उपचारपछि निको भएका छन् ।

एकै दिन २९ हजार सात सय ९२ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ब्राजिलमा ८१ लाख पाँच हजार सात सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा चार सय ८३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख तीन हजार एक सय ४० पुगेको छ ।

विश्वमा सक्रिय सङ्क्रमित सङ्ख्या दुई करोड ३९ लाख ३१ हजार सात सय ४६ छ । एक लाख आठ हजार छ सय १० जनाको अवस्था चिन्ताजनक छ । छ करोड ४७ लाख ८३ हजार एक सय ८७ सङ्क्रमित निको भएका छन् ।

हालसम्म विश्वमा नौ करोड छ लाख ५७ हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पाँच लाख ९३ हजार तीन सय सङ्क्रमित एकै दिन थपिए । पछिल्लो २४ घण्टाभित्र आठ हजार छ सय ४७ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म विश्वमा मृत्यु हुने सङ्क्रमित सङ्ख्या १९ लाख ४२ हजार तीन सय ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: