विराटनगर । चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको तेस्रो चरणको खेलमा मोरेकम्बेमाथि ४–० गोलको शानदार जित निकाल्दै चेल्सीले अघिल्लो चरणमा स्थान बनाएको हो ।
चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टोलीलाई जिताउन मासोन माउन्ट, टिमो वेर्नर, कालुम हडसन–ओडोयी र काइ हाभर्ट्जले समान एक–एक गोल गरे ।
खेलको १८औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । वेर्नरले ४४औं मिनेटमा गोल गरेपछि चेल्सी पहिलो हाफभरि २–० गोलले अगाडि रहे ।
४९औं मिनेटमा ओडोयीले ४९औं मिनेटमा र हाभर्ट्जले ८५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अघिल्लो चरणमा पुर्याए ।