birat ribon

सहज जित निकाल्दै सिटी अघिल्लो चरणमा

Neuro
सहज जित निकाल्दै सिटी अघिल्लो चरणमा

विराटनगर । म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको खेलमा बर्मिङ्घमलाई ३–० गोलले हराउँदै सिटी अघिल्लो चरण्मा प्रवेश गरेको हो ।

cura insider

सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन बर्नान्डो सिल्भाले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्र्दै सिटीलाई अग्रता दिलाएका थिए ।

१५औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीले ३–० गोलको जित निकालेको हो ।

jackson ribon