विराटनगर । अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक स्क्रिनमा एकसाथ देखिने भएका छन् ।
ऋतिक रोशनको ४७ औं जन्मदिनको अवसर पारेर ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दले नयाँ फिल्म ‘फाइटर’को घोषणा गरेका छन् ।
निर्देशक सिद्धार्थ र ऋतिक यसअघि फिल्म ‘ब्याङ ब्याङ’ र ‘वार’मा एकसाथ काम गरिसकेका छन् । आइतबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् ।
‘फाइटर’ लाई निर्देशक सिद्धार्थ आनन्दले निर्माण तथा निर्देशिन गर्ने भएका छन् । फिल्म गान्धी जयन्तीको अवसर पारेर ३० सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ ।