Rumpum Advertisement

‘विद्यालय बन्द गर्नु महामारी नियन्त्रण गर्ने उत्तम उपाय’

Neuro
‘विद्यालय बन्द गर्नु महामारी नियन्त्रण गर्ने उत्तम उपाय’

विराटनगर । स्विट्जरल्याण्डले वसन्त ऋतुमा विद्यालयहरू बन्द गर्ने निर्णयलाई कोभिड–१९ सङ्क्रमणको गतिशीलता घटाउने फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको एक अध्ययनले देखाएको छ ।

ज्यूरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)’का अन्वेषकहरूले गत मार्चमा स्विट्जरल्याण्डका विद्यालयहरू बन्द हुँदा कोभिड–१९ को गतिशीलतालाई पाँच गुणा घटाउन सहज भएको बताएका छन् ।

विद्यालय बन्द भएपछि सङ्क्रमणको गतिशीलता २१.६ प्रतिशतले घटेको यस अध्ययनको नेतृत्व लिइरहेका प्रबन्ध सूचना प्रणालीका ईटीएच प्रोफेसर स्टीफन फ्युरेग्रीगलले एएफपीलाई जानकारी दिए ।

विद्यालय बन्द भएपछि गतिशीलता कम हुन्छ र यसले कोभिड–१९ का नयाँ सङ्क्रमित दरलाई कम गरेको पुष्टि अध्ययनले देखाएको छ । उनको टोलीले गत वर्ष फेब्रुअरी १० देखि अप्रिल २६ बीच स्विस टेलिकम्युनिकेसनको कोभिड–१९ सङ्क्रमितको तथ्याङ्कमा विश्लेषण गरेको थियो ।

उक्त समूहले गतिशीलतामा पार्ने प्रभावहरूको मूल्याङ्कन गर्नका लागि फरक फरक उपायहरू अपनाएको थियो । विकेन्द्रीकृत स्विजरल्याण्डमा मार्च १६ मा विद्यालय बन्दसहित राष्ट्रव्यापी आंशिक लकडाउन घोषणा हुनुभन्दा पहिले नै विभिन्न २६ समूह बनाई कोभिड सङ्क्रमणबारे अनुसन्धान थालेको थियो ।

यहाँ दुई महिनासम्म विद्यालयहरू पूर्णरूपमा बन्द गरिएको थियो भने त्यसपछि क्रमशः विद्यालय खोलिएको थियो । अध्ययनबारे समूहबीच आपसीे समीक्षा हुन अझै बाँकी छ, यद्यपि विद्यालय बन्द भएपछि गतिशीलता घटाउन तेस्रो प्रभावकारी माध्यम बनेको अध्ययनको निश्कर्ष निकालेको छ ।

सबैभन्दा प्रभावकारी उपाय भनेको नागरिकलाई पाँचभन्दा बढीको समूहमा भेला हुन वा हिँडडुल गर्न नदिनु रहेको थियो । यो यहाँको सङ्क्रमण दर नियन्त्रणमा २४ दशमलव ९ प्रतिशत प्रभाव बनेको थियो ।

त्यसैगरी रेष्टुरेन्ट तथा बारका साथै दैनिक अतिआवश्यक सामग्री किनमेलबाहेकका पसलहरूको बन्दका कारण २२.३ प्रतिशत सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफलता मिलेको थियो ।