Rumpum Advertisement

गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा टोली काठमाडौं आइपुग्यो

Neuro
गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा टोली काठमाडौं आइपुग्यो

काठमाडौं । गोरखा दरबारबाट सुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ ।

पुस २१ गतेदेखि गोरखा दरबारबाट सुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आइतबार साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो ।

पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चलगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरूको झण्डा काठमाडौं ल्याइपु¥याएको छ ।

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिँडेर एकताको सन्देश दिएको पनि बताएको छ ।