Rumpum Advertisement

पिएसएलमा बिक्री भएनन् सन्दीप

Neuro
पिएसएलमा बिक्री भएनन् सन्दीप

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)मा बिक्री भएनन् । आगामी संस्करणको पिसिएलको ड्राफ्टमा परेका सन्दीपलाई कसैले पनि पिक गरेनन् ।

छ वटा टिमले प्लाटिनम राउण्डबाट चयन गर्नुपर्ने खेलाडीमा सन्दीपलाई रोजेनन् । यो राउण्डमा इस्लामाबादले हसन अलीलाई छनोट गर्‍यो भने लाहोर कलन्दरले रासिद खान, मुल्तान सुल्तानले क्रिस लियोन, पेसावर जाल्मीले डेविड वार्नरलाई लियो । यस्तै क्वेटा ग्लाडियटर्सले क्रिस गेललाई अनुबन्ध गर्‍यो ।

त्यसपछि गोल्ड राउण्डमा पनि सन्दीपलाई कसैले पनि लिएनन् । गोल्ड राउण्डबाट स्लामाबादले लुइस ग्रेगोरीलाई अनुबन्ध गर्दा भने कराँचीले डान क्रिस्टियनले अनुबन्ध गर्‍यो । यसैगरी लाहोर कलन्दर्सले समित पटेललाई लिँदा क्वेटा ग्लाडियटर्सले टोम बान्टोन र उस्मान सिनवारीलाई अनुबन्ध गर्‍यो भने चान्डविक वाल्टोन मुल्तान सुल्तानमा अनुबन्धित भए ।

सन्दीप यसपटक प्लाटिनम वर्गमा परेका थिए । सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।

पिएसएलमा केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरी छ फ्रेन्चाइज टोली छन् ।