Rumpum Advertisement

यसकारण जाडोको समयमा नुन कम खानुपर्छ

Neuro
यसकारण जाडोको समयमा नुन कम खानुपर्छ

विराटनगर । जाडो मौसममा तातो तातो र मनपर्ने व्यञ्जन खाने समय पनि हो । अन्य मौसमको तुलनामा सबैले जाडोमा अलि बढी खाने तथा शारीरिक रूपमा कम सक्रिय हुने गर्छन् ।

जाडोमा धेरै खाएपनि नुनको सेवन भने कम गर्नुपर्ने हुन्छ । जाडोको मौसममा अत्याधिक नुनको सेवनले हृदयलगायत स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ । गर्मीको महिनामा जस्तो जाडो महिनामा पसिना नआउने तथा पानी नपिउने हुन्छ ।

पसिना नआउँदा नुन शरीरमा कायमै रहन्छ जसकारण रक्तचापमा वृद्धि हुँदै जान्छ । सामान्य रक्तचाप भएका मानिसको सेमत जाडो महिनामा रक्तचाप बढ्ने समस्या हुन्छ ।

हृदयमा रगत सञ्चालन बिस्तारै हुने मानिसहरूको शरीरमा तरल पदार्थ ओभरलोड हुने प्रवृत्ति हुन्छ, जसकारण जाडो महिनामा हृदयको विफलता हुने सम्भावना बढाउन सक्छ ।

सोडियम अर्थात् नुनको सेवन घटाउने पहिलो र मुख्य उपाय भनेको प्रशोधित खाना कम खानु वा त्याग्नु हो । खानामा पछि नुन थपेर खाने बानीलाई पनि हटाउनु पर्छ ।

कम नुन भएको खाना खानुका साथै प्रशस्त मात्रामा पानी पिउने र शारीरिक रूपमा सक्रिय हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्: