birat ribon

बिस्कुट र चामल बोकेको ट्रक मर्स्याङ्दी नदीमा खस्यो

Neuro
बिस्कुट र चामल बोकेको ट्रक मर्स्याङ्दी नदीमा खस्यो

डुम्रे । मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ । बेँसीशहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ जगतबाट मर्स्याङ्दी नदीमा मालवाहक ट्रक खसेको हो ।

cura insider

बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक बे्रक फेल हुँदा नदीमा खसेको हो ।

सडकबाट करिब सात सय मिटर तल नदीको बीच भागमा खसेर अड्किएको उक्त ट्रकको केही भाग मात्रै देखिएको, अरु भाग डुबेको तथा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

उनका अनुसार ट्रकमा रहेको १९० बाकस बिस्कुट र पाँच टन चामलसमेत पूर्ण नष्ट भएको छ । ट्रकका चालक तथा सहचालक भने सकुशल रहेको र नाम खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । ट्रक भने तत्काल नदीबाट निकाल्न नसकिने प्रहरीको भनाइ छ । रासस

jackson ribon