Rumpum Advertisement

विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

Neuro
विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् ।

आइतबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवताले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।

काङ्ग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काङ्ग्रेस चुनावमा जाने बताए ।