Rumpum Advertisement

इन्टर र रोमा बराबरीमा रोकिए, मिलानलाई फाइदा

Neuro
इन्टर र रोमा बराबरीमा रोकिए, मिलानलाई फाइदा

विराटनगर । इटालियन सिरी ‘ए’मा इन्टर मिलान र एस रोमा बराबरीमा रोकिएका छन् । आइतबार भएको खेलमा इन्टर र रोमा २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

रोमाको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । १७औं मिनेटमा लोरेन्जो पल्लेग्नीले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो ।

५६औं मिनेटमा मिलान स्क्रिनियरले गोल गरेपछि इन्टर बराबरीमा फर्किएको थियो । ६३औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।

खेल सकिन चार मिनेट बाँकी छँदा जियानलुका माकिनीले गोल गर्दै रोमालाई बराबरीमा फर्काए ।

यस बराबरीसँगै दोस्रो स्थानमो इन्टरले १७ खेलमा ३७ अङ्क जोडेको छ । तेस्रो स्थानको रोमा भने ३४ अङ्क जोडेको छ । इन्टर र रोमाको बराबरीबाट शीर्ष स्थानको एसी मिलानलाई फाइदा पुगेको छ । मिलान इन्टरभन्दा तीन अङ्कले अगाडि छ ।