Rumpum Advertisement

अधिनायकवादी र निरङ्कुश चरित्र तत्काल रोक्न ओलीलाई प्रचण्ड–माधव समूहको चेतावनी

अधिनायकवादी र निरङ्कुश चरित्र तत्काल रोक्न ओलीलाई प्रचण्ड–माधव समूहको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरङ्कुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरङ्कुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो ।

चार जना पूर्व–प्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्: