birat ribon

‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

Neuro
‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको चुनाव चिन्ह र झण्डाका नाममा नेतृत्वमा अवसरवाद देखिएकाे भएको बताएकी छन् ।

cura insider

विराटनगरमा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा डरलाग्दो अवसरवाद देखिएको बताएकी हुन् ।

‘भोली झण्डा आएन, चिन्ह आएन भने के गर्नुहुन्छ ? त्यसैमा सती जानुहुन्छ ?,’ उनले भनिन् ‘ढुङ्गामा चिन्ह खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

उनले राजनीति बच्यो भने झण्डा, ब्यानर बच्ने बताउँदै कम्युनिस्ट आन्दोलनलाई बचाउनु पर्ने बताइन् ।

पार्टीको आन्दोलनमा डरलाग्दो अवसरबाद विकास भएको बताउँदै उनले प्रतिगमनका विरुद्ध कडा संघर्ष गर्नुपर्ने बताइन् । उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्नुपर्ने बताइन् ।

jackson ribon