Rumpum Advertisement

मेस्सीको गोलमा माटियो मेस्सीको यस्तो प्रतिक्रिया

Neuro
मेस्सीको गोलमा माटियो मेस्सीको यस्तो प्रतिक्रिया

विराटनगर । स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले ग्रानडामाथि ४–० गोलान्तरको शानदार जित निकाल्दा लियोनल मेस्सीले दुई गोल गरे ।

ग्रानडाको मैदानमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले पनि दुई नै गोल गरे । मेस्सीले ३५औं मिनेटमा ग्रिजम्यानको पासमा गोल गरे । यस्तै ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।

सिजनको सुरुआत खराब तरिकाले गरेका मेस्सी पछिल्लो समय आफ्नो लयमा फर्किएको देख्न सकिन्छ । मेस्सीले गए राति एक सय ७८ दिनपछि फ्रिकिकमा पहिलो गोल गरेका थिए । यो उनको करिअरको ५४औं फ्रिकिक गोल थियो ।

उनले ह्याट्रिक गर्ने सम्भावना पनि थियो । तर, प्रशिक्षक रोनाल्ड कोइम्यानले खेलको ६४औं मिनेटमा नै मेस्सीको स्थानमा मार्टिन ब्रेथवेटलाई मैदान प्रवेश गराए ।

यता, मेस्सीको फ्रिकिक गोलमा उनका छोरा माटियो मेस्सीले भरपूर मनोरञ्जन लिएका छन् । मेस्सीकी पत्निले रेकर्ड गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा मेस्सीका छोरा माटियो मेस्सीले उफ्रेर बुबाको गोलमा सेलिब्रेसन गरेका थिए । घरको टिभी स्क्रिनमा बुबाको गोल देख्दा उनले कराउँदै सो गोलबाट मनोरञ्जन लिए ।

मेस्सीले पछिल्ला दुई खेलमा चार गोल गरेका छन् । जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले १८ खेलबाट ३४ अङ्क जोडेको छ । पराजित ग्रानडा भने २४ अङ्कसहित सातौं स्थानमा छ ।

https://twitter.com/i/status/1347976629256118273