Rumpum Advertisement

थप दुई सय ५९ जनामा कोरोना सङ्क्रमण

थप दुई सय ५९ जनामा कोरोना सङ्क्रमण

विराटनगर । नेपालमा आइतबार थप दुई सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा देशभर थप दुई सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार सात सय ८० पुगेको छ । हाल चार हजार चार सय २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच सय १३ जना सङ्क्रमित निको भएर घर फर्किएको जनाएको छ । हालसम्म दुई लाख ५८ हजार चार सय ४१ जना निको भइसकेका छन् ।

यस्तै आज थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: