birat ribon

राष्ट्रियसभा अधिवेशन अन्त्य

Neuro
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ ।

cura insider

पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सातौँ अधिवेशन आइतबार राति १२ बजेदेखि स्वत् अन्त्य हुने बताए ।

पुस १७ देखि सुरु भएको अधिवेशन जम्मा दश दिन चालु भएर अन्त्य भएको हो । यस अधिवेशनमा जम्मा चारवटा बैठकहरु भएका छन् । सातौँ अधिवेशनमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७७, औषधि तेस्रो संशोधन अध्यादेश २०७७, यौनिक हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ गरी सातवटा अध्यादेश सभामा पेश भएका थिए ।

अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिएका थिए भने राष्ट्रियसभा अध्यक्षले जारी गरेको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ सर्वसम्मत् समितिबाट अनुमोदन भएको थियो । त्यसैगरी राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनित गरिएको थियो भने मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेश भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ र विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेश भएका थिए ।

सातौँ अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यहरु भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा र २०६३/०६४ को अन्तरिम व्यवस्थापिका संसदको पूर्वसदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरु पारित गरिएका थिए ।

jackson ribon