birat ribon

दीर्घ कोभिड भएको पहिचान गर्ने तीन मुख्य लक्षण

Neuro
दीर्घ कोभिड भएको पहिचान गर्ने तीन मुख्य लक्षण

विराटनगर/दीर्घ कोभिड अर्थात् कोभिडको टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आए पनि कोभिडको लक्षण वा अन्य समस्या सामना गर्नु पर्ने अवस्था हो ।

cura insider

नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआईएस) का अनुसार, दीर्घ कोभिड भएमा १२ हप्ताभन्दा बढी समयसम्म लक्षण रहन्छ । तर, केही अन्य व्यक्तिहरूले आठ हप्ताभन्दा बढी लामो कोभिडको लक्षण भएमा दीर्घ कोभिड भएको मान्छन् । दीर्घ कोभिडका कारण फोक्सो, मुटु, मृगौला वा मस्तिष्कमा केही स्थायी क्षति हुन सक्छ ।

यी अङ्गमा कुनै पहिचानयोग्य क्षति नभए पनि दीर्घ कोभिडको समस्या भएका व्यक्तिले कमजोरीलगायतका लक्षण अनुभव गर्छन् । ९६ प्रतिशत दीर्घ कोभिडका बिरामीहरूले २८ दिनभन्दा बढी फरक लक्षण भोगेका थिए र केही बिरामीहरू छदेखि सात महिनापछि पनि पूर्ण रूपमा निको हुन सकेका थिएनन् । दीर्घ कोभिडका लक्षण व्यक्ति–व्यक्तिमा फरक हुन सक्छ ।

तर, अध्ययनअनुसार यी तीन दीर्घ कोभिडका लक्षण बिरामीमा सामान्य हुन्छन् । थकान ८० प्रतिशतभन्दा बढी दीर्घ कोभिडका बिरामीमा देखिएको मुख्य लक्षण हो । त्यस्तै, ५८ प्रतिशत दीर्घ कोभिडका बिरामीमा ब्रेन फग वा मानसिक भ्रमका लक्षण देखिएको छ । र, दीर्घ कोभिड भएका व्यक्तिहरूले पनि पोस्ट–एक्स्टर्सनल गडबडीको सामना गर्नुपर्ने हुन सक्छ, जसमा सामान्य शारीरिक वा मानसिक श्रमपछि एक व्यक्तिको लक्षण झन्–झन् बिग्रँदै गएको अनुभव हुन्छ ।

अध्ययनअनुसार करिब ७२ प्रतिशत दीर्घ कोभिडका बिरामीमा यो लक्षण देखिएको छ । यी तीन लक्षणबाहेक स्नायु समस्या, टाउको दुख्ने, स्मरण शक्तिमा समस्या, मांसपेशीको दुखाइ, अनिद्रा, मुटुको चाल बढ्ने, सास फेर्न गाह्रो, रिँगटा लाग्ने, बोल्न गाह्रो हुनेलगायतका अन्य लक्षणहरू देखिन सक्छन् ।

jackson ribon