Rumpum Advertisement

भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुँदै

Neuro
भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुँदै

विराटनगर । भारतमा १६ जनवरी अर्थात् ३ माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई महिनाभित्र ३० करोड भारतीयलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताएका हुन् ।

आगामी शनिबारदेखि भारतमा राष्ट्रव्यापी खोप अभियान सुरु लागेको उनले ट्विटमार्फत् जानकारी दिएका हुन् । उनका अनुसार स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएका अन्य व्यक्तिले पहिला खोप पाउनेछन् ।

सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा जनाएअनुसार त्यसपछि ५० वर्षमाथिका मानिस तथा स्वास्थ्यसम्बन्धी समस्या भएका ५० वर्षमुनिका जोसुकैले पनि खोप लगाउने पाउनेछन् ।

भारतको औषधि नियामक निकायले हालसम्म कोभिशील्ड र कोभ्याक्सीन गरी दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ । कोभिशील्ड एस्ट्राजेनेकाले अक्सफर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सीन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो ।

भारतमा खोप अभियानका लागि अभ्यास गराउँदै सरकारले सात सय जिल्लामा डेढ लाख कर्मचारीलाई तालिम दिइसकेको छ । तर, परीक्षण सम्पन्न नभई सरकारले कोभ्याक्सीनलाई आपत्कालीन अनुमति दिएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: