Rumpum Advertisement

जम्मा चार दिन बैठक बसेर अन्त्य भयो राष्ट्रियसभाको हिउँदे अधिवेशन

जम्मा चार दिन बैठक बसेर अन्त्य भयो राष्ट्रियसभाको हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि सुरु भएको सातौँ अधिवेशन आइतबार अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको घोषणा गरे ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दीगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्: