विराटनगर । इटालियन सिरी ‘ए’मा आज साविक विजेता युभेन्टसले सासुलोको सामना गर्दैछ । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने उक्त खेल युभेन्टसको मैदानमा हुनेछ ।
यस खेलमा युभेन्टस शीर्ष स्थानको एसी मिलानसँग अङ्कदूरी घटाउने दाउमा हुनेछ । हाल युभेन्टस ३० अङ्कका साथ पाँचौं स्थानमा छ । उसले १५ खेल खेलेको छ । शीर्ष स्थानको मिलानसँग ४० अङ्क छ ।
युभेन्टसको आजको प्रतिद्वन्द्वी सासुलो भने २९ अङ्कसहित छैटौं स्थानमा छ ।
युभेन्टस र सासुलोबाहेक आज रोमा र इन्टर मिलानले पनि एक–अर्काको सामना गर्दैछन् । साँझ ७ः१५ बजेबाट सुरु हुने खेल रोमाको मैदानमा हुनेछ ।
त्यस्तै बेलुका ७ः४५ बजे नापाली र उडिनेसले खेल्दा सोही समय पर्मा र लाजियोले प्रतिस्पर्धा गर्दैछन् ।