Rumpum Advertisement

भारतसँग साँचो मित्रता बढाउन चाहन्छु : प्रधानमन्त्री ओली

Neuro
भारतसँग साँचो मित्रता बढाउन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउने आफ्नो चाहना रहेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भारतसँग सकारात्मक रूपमा मित्रता बढाउन खोजेका कारण नै आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धबारे बढी चर्चा हुने गरेको उल्लेख गरेका छन् ।

‘कतिपय मान्छेले तपाईं प्रधानमन्त्री भएको बेलामा भारतसँग बहस किन हुन्छ भनेर सोध्छन् । म नै प्रधानमन्त्री भएपछि किन हुन्छ भने म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु । मित्रता बढाउन चाहन्छु । मित्रतालाई सही अर्थमा गहिराईमा पु¥याउन चाहन्छुु । व्यापक बनाउन चाहन्छु । नयाँ उचाइँमा लान चाहन्छु,’ उनले भने ।

यसैगरी ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन अब नक्सामा मात्र नभई व्यवहारमै सामेल गर्ने दावी गरेका छन् । उनले भने, ‘नक्सामा मात्र होइन, व्यवहारमै हामी भूमि सामेल गर्छौैं, नक्सा छापिएपछि संविधान संशोधन भयो । निशान छापमा राखेर संविधानको अङ्ग बनाइयो । यसपछि कतिपयलाई छटपटि भएको छ ।’

प्रतिक्रिया दिनुहोस्: