birat ribon

इटहरीमा पुरुषको शव भेटियो, निधारमा गम्भिर चोट

Neuro
इटहरीमा पुरुषको शव भेटियो, निधारमा गम्भिर चोट

विराटनगर । कोशी राजमार्गको इटहरी खण्डको नालीमा पुरुषको शव फेला परेको छ । इटहरी उपमहानगरपालिका– १० खण्डमा अन्दाजी ५०–५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

cura insider

आइतबार बिहान नालीमा घोप्टो अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छैन । निधारमा गम्भिर चोट देखिएको शवको पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

मृतकको निधारमा चोट लागेको र रगत बगेको अवस्थामा शव भेटिएको उनले बताए ।

राजमार्ग नजिक भएकाले हिट एन्ड रन वा मापसे गरेर लडेको हुन सक्ने उनले बताए । मृतकको पहिचानको काम समेत भइरहेको डिएसपी केसीले बताए ।

jackson ribon