Rumpum Advertisement

कोरोनाले विदेशमा थप तीनको मृत्यु

Neuro
कोरोनाले विदेशमा थप तीनको मृत्यु

विराटनगर/कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसिया एक जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १७ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार आठ सय ४६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथ अफ्रिका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार नौ सय १२ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ छ भने दुई लाख ५७ हजार दुई सय २९ जना अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: